मिस नेपाल युएसएमा युवतीहरुको भीड

Unknown | 10:30 | 0 comments

आगामी अगस्ट १७ मा न्युयोर्कमा हुने मिस नेपाल युएसएको तेस्रो संस्करणमा भाग लिनका लागि अमेरिकाभरका युवतीहरुले धमाधम आफ्नो नाम दर्ता गराइरहेका छन्। मिस नेपाल युएसएमा भाग लिनका लागि नाम दर्ता गराउने डेडलाइन जुलाई १५ तारिख सोमबार सकिदैछ। त्यसपछि नाम दर्ता गराएका युवतीहरुबाट अन्तिम प्रतिस्पर्धाका लागि २० जना युवतीहरुको छनौट गरिने आयोजकले जानकारी दिएका छन् । अमेरिकामा नेपालीहरुको सख्या बढ्दै जाने क्रममा अमेरिकामा रहेका नेपालीमूलका युवतीहरुका लागि प्लाटफर्मको रुपमा ३ वर्ष अघि सुरु भएको मिस नेपाल युएसप्रति अमेरिकामा रहेका नेपाली युवतीहरुको आकर्षण बढ्दै गएकाले अडिशनका लागि पनि उत्साहजनक सहभागिता रहेको आयोजकले जानकारी दिए । नारी सौन्दर्य साथै नारी प्रतिभाको लागि छुटै प्लाटफर्मको रुपमा मिस नेपाल युएस रहदै आएको छ। यसमा १८ देखि २६ वर्षसम्मका युवतीहरुले भाग लिन पाउछन् । प्रतियोगितामा यसपटक पनि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिस्पर्धाका लागि युवतीहरुले आफूलाई दर्ता गराउने क्रम निरन्तर जारी छ भने सोमबार दर्ताको क्रम सकिने छ ।
तीन बर्षको अनुभवसहित यसपटक भने मिस नेपाल युएसए थप नयाँ आकर्षणका साथ गर्न लागिएको छ। प्रतिस्पर्धीहरुलाई पूर्व मिस नेपाल माल्बिका सुब्बा र अमेरिकन चर्चित मोडल मेटीज मार्टिनिजले तालिम दिने भएकाले पनि भाग लिने युवतीहरुले निकै उत्साहित भएका छन् । नेपालमा चर्चाको शिखरमा बस्न सफल डिजाइनर विश्व गौतमको पहिरन लगाएर प्रतिस्पर्धिहरु क्याट वाक गर्नेछन् । मिस नेपाल युएसको उद्धेश्य केबल नारी सौन्दर्य देखाउने मात्र नरहेको आयोजकको भनाई छ । नारीको सौन्दर्यतासँगै उनीहरु भित्रको प्रतिभालाई देखाउने उद्धश्यका साथ मिस नेपाल अमेरिका गर्न लागिएको हो । युवापुस्ताहरुबीचको सम्बन्ध राम्रो बनाउने र नेपाली कला संस्कृतिको विश्व भरि नै प्रचार–प्रसार गर्ने उद्धेश्य प्रतियोगिताले लिएको छ । यसपटक पनि विजेताले नेपाली युवाहरुको बीचमा आफूलाइ युथ आइकनका रुपमा उभ्याउन सक्ने आयोजकको विश्वास रहेको छ । यसका अतिरिक्त बिभिन्न अवार्ड पनि बिजेताले जित्नेछन् । गत वर्षकी मिस नेपाल अमेरिका आस्था श्रेष्ठ लाई नेपाल पर्यटन बोर्डले समेत सद्भावना राजदूत नियुक्त गरेको थियो । पहिलो वर्ष भने सुजिता बस्नेतले मिस नेपाल अमेरिकाको ताज पहिरिन सफल भएकी थिइन् । सन् २०११ म न्युयोर्कमा भएको मिस नेपाल अमेरिका गत वर्ष वासिंटन डिसीमा भएको थियो भने यो वर्ष न्यूयोर्ककै क्वीन्स थियटरमा हुने भएको छ ।
युबतिहरुको के चाला हो यस्तो तछाड मछाड , हेर्नुहोस त तलको बक्स मा क्लिक गरि 

Category: , ,

0 comments